लाइभ ट्रान्स्क्राइब र सूचना

३.७
१.५७ लाख समीक्षाहरू
१ अरब+
डाउनलोड गरिएका सामग्रीहरू
सामग्रीको मूल्याङ्कन
सबैजना
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि

यो एपका बारेमा

लाइभ ट्रान्स्क्राइब तथा साउन्ड नोटिफिकेसनले तपाईंको Android फोन वा ट्याब्लेट प्रयोग गरेकै भरमा कान नसुन्ने वा कम सुन्ने मान्छेहरूलाई दैनिक कुराकानी गर्न र वरपरको आवाजका बारेमा थाहा पाउन सघाउँछ।

धेरैजसो डिभाइसहरूमा तपाईं निम्न चरणहरू पालना गरेर सीधै लाइभ ट्रान्स्क्राइब तथा साउन्ड नोटिफिकेसन प्रयोग गर्न सक्नुहुन्छ:
१. आफ्नो डिभाइसमा रहेको सेटिङ एप खोल्नुहोस्।
२. "सर्वसु��भता" मा ट्याप गर्नुहोस्, त्यसपछि आफूले खोल्न चाहेको एपका आधारमा लाइभ ट्रान्स्क्राइब वा साउन्ड नोटिफिकेसनमा ट्याप गर्नुहोस्।
३. लाइभ ट्रान्स्क्राइब वा साउन्ड नोटिफिकेसन एप चलाउन थाल्न एक्सेसिबिलिटी बटन, जेस्चर वा द्रुत सेटिङ प्रयोग गर्नुहोस्(https://support.google.com/accessibility/android/answer/7650693)।

साउन्ड नोटिफिकेसन:
• घरमा सुनिने आवाज (जस्तै: धुवाँसम्बन्धी अलार्मको आवाज, साइरनको आवाज, बच्चाको आवाज) का आधारमा सम्भावित जोखिमको स्थिति र व्यक्तिगत परिस्थितिका बारेमा सूचना प्राप्त गर्नुहोस्।
• तपाईं आफ्ना उपकरणहरू बिप गर्दा सूचना प्राप्त गर्न चाहनुहुन्छ भने कस्टम साउन्डहरू हाल्नुहोस्।• तपाईंको मोबाइल फोन वा ट्याबलेट वा लगाउन मिल्ने डिभाइसमा झिमिक झिमिक गर्ने बत्ती वा भाइब्रेसनका माध्यमबाट सूचनाहरू प्राप्त गर्नुहोस्।
• तपाईं सूची भ्यूका सहायताले विगतका घटना हेर्न सक्नुहुन्छ (हाल १२ घण्टाअघिसम्मका घटना हेर्न मिल्छ)। यसरी तपाईं आफ्नो परिवेशको सटीक जानकारी प्राप्त गर्न सक्नुहुन्छ।

तुरुन्तै ट्रान्स्क्राइब गर्ने सुविधा:
• ८० भन्दा बढी भाषा तथा भाषिकाहरूमा तुरुन्तै ट्रान्स्क्राइब गर्छ।
• कुनै व्यक्ति वा घरायसी सामग्रीका नामहरू जस्ता आफूले प्रायः प्रयोग गरिरहने कस्टम शब्दहरू हाल्नुहोस्।
• कसैले तपाईंको नाम बोलाउँदा आफ्नो डिभाइस भाइब्रेसन हुने गरी सेटिङ मिलाउनुहोस्।
• कुराकानी गर्दा जवाफहरू टाइप गर्नुहोस्। कुराकानी बिचमै नरोकियोस् भन्नाका लागि आफ्नो डिभाइसको किबोर्ड खोल्नुहोस् र म्यासेज टाइप गर्नुहोस्। तपाईंले टाइप गर्दा पनि ट्रान्स्क्रिप्सनहरू देखिन्छन्।
• तारसहितको हेडसेट, ब्लुटुथ हेडसेट र USB माइकमा हुने बाह्य माइक्रोफोन प्रयोग गरी अझ स्पष्ट अडियो सुन्नुहोस्।

पहिलेका ट्रान्स्क्रिप्सन हेर्ने सुविधा:
• ट्रान्स्क्रिप्सनहरू ३ दिनसम्म सेभ गर्ने विकल्प छनौट गर्नुहोस्। सेभ गरिएका ट्रान्स्क्रिप्सन तपाईंको फोनको भण्डारणमा ३ दिनसम्म रहने भएकाले तपाईं तिनलाई कपी गरेर अन्यत्र पेस्ट गर्न सक्नुहुन्छ। (डिफल्ट सेटिङअनुसार ट्रान्स्क्रिप्सनहरू सेभ गरिँदैनन्।)
• सेभ गरिएका ट्रान्स्क्रिप्सनहरूमा पुराना कुराकानी खोज्नुहोस्।
• ट्रान्स्क्रिप्सनको टेक्स्ट कपी गरी पेस्ट गर्न उक्त टेक्स्टमा टच एन्ड होल्ड गर्नुहोस्।

आवश्यक पर्ने कुराहरू:
• Android 6.0 (Marshmallow) वा सोभन्दा पछिल्लो संस्करण।

लाइभ ट्रान्स्क्राइब तथा साउन्ड नोटिफिकेसन एप संयुक्त राज्य अमेरिकामा कान नसुन्ने र कम सुन्ने व्यक्तिहरूका लागि स्थापित अग्रणी विश्वविद्यालय Gallaudet University सँगको सहकार्यमा निर्माण गरिएको हो।

प्रतिक्रिया दिन तथा उत्पादनसम्बन्धी नयाँ जानकारी प्राप्त गर्न https://groups.google.com/forum/#!forum/accessible मा सामेल हुनुहोस्। लाइभ ट्रान्स्क्राइब तथा साउन्ड नोटिफिकेसन एप प्रयोग गर्न�� सम्बन्धमा मद्दत चाहिएमा https://g.co/disabilitysupport मा गई हामीलाई सम्पर्क गर्नुहोस्।

अनुमतिसम्बन्धी सूचना
माइक्रोफोन: लाइभ ट्रान्स्क्राइबले तपाईंको वरपर भएका मान्छेहरूले बोल्ने कुराहरू ट्रान्स्क्राइब गर्ने प्रयोजनका लागि माइक्रोफोन प्रयोग गर्नु पर्ने हुन्छ। ट्रान्स्क्रिप्सन तयार भएपछि अडियो भण्डारण गरिँदैन। आवाजसम्बन्धी सूचनाले तपाईं वरपरको आवाज सुन्ने प्रयोजनका लागि माइक्रोफोन प्रयोग गर्नु पर्ने हुन्छ। अडियो प्रोसेस गर्ने प्रक्रिया पूरा भएपछि सो अडियो भण्डारण गरिँदैन।
Accessibility Service: यो एप सर्वसुलभतासम्बन्धी सेवा भएकाले यसले तपाईंले गर्ने कार्यहरू अवलोकन गर्न सक्छ।
सूचनाहरू: आवाजसम्बन्धी सूचना दिने सुविधाहरूले तपाईंलाई आवाजसम्बन्धी सूचना दिने प्रयोजनका लागि सूचना एक्सेस गर्नु पर्ने हुन्छ।
नजिकैका डिभाइसहरू: लाइभ ट्रान्स्क्राइबले ब्लुटुथ डिभाइसलाई माइक्रोफोनका रूपमा कनेक्ट गर्ने प्रयोजनका लागि नजिकैका डिभाइसहरू प्रयोग गर्नु पर्ने हुन्छ।
मा अपडेट गरिएको
२०२४ जुन १२

डेटाको सुरक्षा

तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
तेस्रो पक्षसँग कुनै पनि डेटा सेयर गरिँदैन
विकासकर्ताहरूले प्रयोगकर्ताको डेटा सेयर गरिने कुराका बारेमा कसरी जानकारी गराउँछन् भन्नेबारेमा थप जान्नुहोस्
यो एपले निम्न प्रकारका डेटा सङ्कलन गर्न सक्छ
व्यक्तिगत जानकारी, अडियो र अन्य 3 प्रकारका डेटा
डेटा ट्रान्जिटमा इन्क्रिप्ट गरिएको छ
डेटा मेटाउन सकिएन
सुरक्षासम्बन्धी स्वतन्त्र समीक्षा

मूल्याङ्कन र समीक्षाहरू

३.७
१.५३ लाख समीक्षाहरू

के नयाँ छ

• हामीले प्रयोगकर्तालाई अझ राम्रो अनुभव दिन साउन्ड नोटिफिकेसन सुविधामा सुधार गरेका छौँ।